सस्तोमा डिशहोमको इन्टरनेट

हिमाल प्रेस २५ पुष २०८० १५:३४ | Wednesday, January 10, 2024
सस्तोमा डिशहोमको इन्टरनेट

काठमाडौँ– डिशहोम फाइबर नेटले तुलनात्मक रूपमा सस्तो इन्टरनेट सेवा प्रदान गरिरहेको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस)को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो।

डिशमोहले सबैभन्दा कम शुल्कमा २०० एमबीपीएसको उच्च स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो।

नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ। तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबर नेट ग्राहकका लागि सस्तो देखिएको छ। नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गर्नेछ।

उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ। डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पिड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क ५०० रुपैयाँ तोकेको छ। एक वर्षभरि ग्राहकले ११ हजार १२१ रुपैयाँमा २०० एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्नेछन्।

डिशहोम फाइबर नेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ।

प्रकाशित: २५ पुष २०८० १५:३४ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast