सवारी ऐनमा तीनै तहका सरकारबीच एकरूपता कायम गरिने

हिमाल प्रेस ४ माघ २०८० २१:४१ | Thursday, January 18, 2024
सवारी ऐनमा तीनै तहका सरकारबीच एकरूपता कायम गरिने

काठमाडौंँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा संघीय, प्रदेश र स्थानीय सरकारबीच एकरूपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन्।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आज (बिहीबार) आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरूपता हुने गरी पहल भइरहेको बताएका हुन्।

मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिर्।

व्यवसायी र मजदुर संगठनको ड्राइभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको उनले बताए।

छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक-फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताए।

प्रकाशित: ४ माघ २०८० २१:४१ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast