सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट आयुष घलान सम्मानित

हिमाल प्रेस ९ माघ २०८० १६:१० | Tuesday, January 23, 2024
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट आयुष घलान सम्मानित

पोखरा- सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गरेको छ। पोखरामा मंगलबारदेखि सुरु २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनलाई नगद ५० हजार ५ रुपैयाँसहित सम्मान गरेका हुन्।

राष्ट्रिय टिमका मिडफिल्डर घलाल हेटौडा उपमहानगरपालिका वडा १८ निवासी हुन्। उनले अष्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए।

कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गर्दै आएका छन्। २०७४ सालदेखि हालसम्म यो सम्मानबाट भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन्

प्रकाशित: ९ माघ २०८० १६:१० | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast