सर्वाधिक विजेता पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

हिमाल प्रेस १६ माघ २०८० १७:४७ | Tuesday, January 30, 2024
सर्वाधिक विजेता पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

पोखरा– उत्तरार्धमा गोलको खडेरी तोड्दै चर्च ब्वाइज युनाइटेड २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै चर्च ब्याइज अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो।

खेलको ७२ औं मिनेटमा समीर तामाङले गरेको सुन्दर प्रहारले विपक्षी पोस्टको जाली चुमेपछि त्यही गोल अन्ततः निर्णायक सावित भयो। योसँगै जारी संस्करणमा सेमिफाइनल समीकरण पूरा भएको छ। अबः चर्च ब्याइजले दोस्रो सेमिफाइनल खेल १८ माघमा विभागीय त्रिभुवन आर्मी क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। १७ माघ (बुधबार) पहिलो सेमिफाइनलमा थ्रिस्टार क्लब र जावलाखेल युथ क्लब भिड्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

जावलाखेलले मनाङ मर्स्याङ्दीलाई सडन डेथको शिकार बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो। जबकि मनाङ र नेपाल पुलिस क्लब आहारारामा सर्वाधिक ६ पटकका विजेता हुन्। यी दुई टिम प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

खेलको ७३ औं मिनेटमा चर्च ब्वाइजका समीरले विपक्षी डिफेन्डरलाई छक्काउँदै अघि बढाएको बल कीपर शत्रुधन चौधरी बिट भएको अवस्थामा खाली पोस्टमा बल छिराएका हुन्। खेलमा शत्रुधन र डिफेन्डर दीपेन्द्र बिकबचि तालमेल अभाव देखियो। खेलमा म्याद अफ दि म्याच समीर बने। उनले १० हजार पुरस्कार प्राप्त गरेका छन्।

खेल अवधिभर दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा चर्च ब्वाइजले पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो। तर, केही राम्रा अवसर खेर फाल्दा ६ पटकको विजेता पुलिस घर फर्किन बाध्य भयो।

गएको संस्करणमा पनि पुलिसले चर्च ब्याइजसँग नै क्वाटरफाइनलमा हार व्यहोरोको थियो। पहिलो हाफको इन्जुरी टाइममा चर्च ब्याइजका गौरव श्रेष्ठले प्रहार गरेको बल फस्ट बार नजिकैबाट बाहिरिन पुगेको थियो। त्यसअघि सन्तोष खत्रीको प्रहार विपक्षी कीपर शत्रुधनले पञ्च गरी जोगाएका थिए।

१२ टिमले भाग लिएको प्रतियोगितामा ८ टिम घर फर्किसकेका छन्। २० माघमा हुने फाइनलमा विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन्।

प्रकाशित: १६ माघ २०८० १७:४७ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast