काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश जानेका लागि आवेदन माग गरेको छ।
आयोगले छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गर्न आवेदन लिन खोजेको हो।
आज सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बंगलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३/२४ मा स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाइ छ।

                            प्रकाशित: १० माघ  २०८० ७:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

