समाजमा अनुशासनको कमी हुँदैछ : ओली

हिमाल प्रेस ४ माघ २०८० २१:२१ | Thursday, January 18, 2024
समाजमा अनुशासनको कमी हुँदैछ : ओली फाइल तस्बिर

काठमाडौँ-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन्। नेपाल खेलकुद महासंघको दोस्रो बैठकलाई आज (बिहीबार) ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरू क्षेत्र नभएको बताए।

‘अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ। खेलमा जस्तो अरू क्षेत्रमा पनि अनुशासन चाहिन्छ। त्यो अनुशासनलाई  हामीले समाजिक मान्यताको रूपमा अगाडि बढाएर लैजानु पर्दछ,’ उनले भने। उनले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेसमेत आग्रह गरे।

अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताए।  देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उनले बताए।

‘नेपाल देश छ र हामी छौँ। नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,’ उनले भने।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संगठन सुदृढीकरणका लागि खेलकुद महासंघ लाग्नुपर्ने बताए। महासंघका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताए।

प्रकाशित: ४ माघ २०८० २१:२१ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast