सन्दीप लामिछानेविरुद्धको मुद्दा : आफ्नो ख्यातिको दुरुपयोग गरी बलात्कार गरेको भेटियो [फैसलाको पूर्ण पाठसहित]

हिमाल प्रेस १६ माघ २०८० १६:११ | Tuesday, January 30, 2024
सन्दीप लामिछानेविरुद्धको मुद्दा : आफ्नो ख्यातिको दुरुपयोग गरी बलात्कार गरेको भेटियो [फैसलाको पूर्ण पाठसहित]

काठमाडौँ- क्रिकेटर लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। सोमबार सार्वजनिक उक्त पूर्णपाठमा लामिछानेले युवतीलाई आफ्नो ख्यातीको दुरुपयोग गरी बलात्कार गरेको उल्लेख छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस २५ गते उनलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएका थिए। गौशाला-२६ लाई बालिग ठहर गरेको अदालतले उनलाई दोषी ठहर गर्न सन्दीपले आफूले खेलाडीको रुपमा प्राप्त गरेको स्टारडमको दुरुपयोग गरेको र युवतीलाई आर्थिक रुपमा प्रभावित पारेको भनेको थियो। जिल्लाले यही कुरालाई विस्तृत व्याख्या गर्दे पूर्णपाठ सार्वजनिक गरेको हो।

पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा लिएर करणी गर्ने मनसाय बनाएको पूर्णपाठमा उल्लेख छ।

यस्तो छ पूर्णपाठ

प्रकाशित: १६ माघ २०८० १६:११ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast