सन्दीप लामिछानेलाई क्यानले गर्‍यो सबै खेल गतिविधिबाट निलम्बन [पत्रसहित]

हिमाल प्रेस २६ पुष २०८० १०:५२ | Thursday, January 11, 2024
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो सबै खेल गतिविधिबाट निलम्बन [पत्रसहित] फाइल तस्बिर

काठमाडौँ- जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले सबै खेलबाट निलम्बन गरेको छ। क्यानले विज्ञप्ति जारी गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको खेल गतिविधिबाट निलम्बन गरेको जनाएको छ।

यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो। बुधबार बसेको न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको छ।

लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो। पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो। २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

प्रकाशित: २६ पुष २०८० १०:५२ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast