सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने

हिमाल प्रेस १२ माघ २०८० १६:०५ | Friday, January 26, 2024
सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने काठमाडौँ महानगर

काठमाडौँ– स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ। आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।

समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष माया गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ मा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

सङ्घर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए। आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष सातबुँदे माग अघि सारिएको उनको भनाइ थियो।

प्रकाशित: १२ माघ २०८० १६:०५ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast