सटरभित्र भेटियो नगद ३० लाख, हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

हिमाल प्रेस १२ माघ २०८० १९:४५ | Friday, January 26, 2024
सटरभित्र भेटियो नगद ३० लाख, हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१०, अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको हो।

युवराजको घरमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान गर्ने क्रममा नयाँबस्तीस्थित राईको सटरबाट नगद ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित: १२ माघ २०८० १९:४५ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast