संविधान कार्यान्वयन नभएर जनतामा निराशा देखियो : राष्ट्रपति

हिमाल प्रेस १ माघ २०८० १८:२२ | Monday, January 15, 2024
संविधान कार्यान्वयन नभएर जनतामा निराशा देखियो : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै संद्दीय संसद्मा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन बनाउन आग्रह गरेका छन्।

माघीका अवसरमा शीतल निवासमा आज (सोमबार) आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे।

‘यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ। जनतालाई यो अधिकार दिइएकामा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ,’ उनले भने, ‘संविधान व्यावहारिक रूपमा पूर्णरुपमा कार्यान्वयन हुन बाँकी छ। जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो।’

उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे। ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु, नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन्,’ उनले भने।

प्रकाशित: १ माघ २०८० १८:२२ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast