संघीय सरकारले अब तीन करोडमाथिको योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री

हिमाल प्रेस १ माघ २०८० २१:१० | Monday, January 15, 2024
संघीय सरकारले अब तीन करोडमाथिको योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि संघीय सरकारले तीन करोड भन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन्।

नुवाकोटको शिवपुरी गाँउपालिका–५, शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा आज (सोमबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारले तीन करोडभन्दा माथि र प्रदेश सरकारले एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए।

‘तीन तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो,’ उनले भने, ‘ससाना र टुक्रे योजना निरुत्साहित गर्न कुन सरकारले कति आकार बजेटको योजना कार्यान्वयन गर्ने भन्ने नयाँ नियम बनाइएको छ। तोकिएको आकारभन्दा कमको योजना ल्याउन पाइन्न भने त्योभन्दा बढी आकारको ल्याउन प्रोत्साहन गरिनेछ।’

उनले राज्य पुनःसंरचना पश्चात अधिकार सम्पन्न तीन तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए। योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा तीन तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीब्र गतिमा रहेको उनको भनाइ छ।

प्रकाशित: १ माघ २०८० २१:१० | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast