संघीय मामिलामन्त्री अनितादेवी प्रहरी हिरासतमा

हिमाल प्रेस १६ पुष २०८० १२:२९
संघीय मामिलामन्त्री अनितादेवी प्रहरी हिरासतमा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह पक्राउ परेकी छन्। जनमत पार्टीका सांसदसमेत रहेकी उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेर हिरासतमा राखिएको पार्टी अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ।

धोती दिवस मनाउने क्रममा उनलाई पक्राउ गरिएको जनमतले जनाएको छ। ‘राष्ट्रिय धोती दिवस’को अवसरमा आयोजित र्‍याली निषेधित माइतीघर क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको हो ।

यस्तै, पार्टीका अध्यक्ष सिके राउतलगायत ५३ जर्ना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित: १६ पुष २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast