काठमाडौँ- आज पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बीले आजैदेखि एकमहिने श्रीस्वस्थानी व्रत सुरु गरेका छन्। प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा माघ शुक्ल पूर्णिमासम्म चल्नेछ। व्रत सुरु भएसँगै ब्रतालुले बिहानै काठमाडौँस्थित सालीनदीमा सामूहिक रूपमा स्नान गरी माधवनारायणको पूजाआराधना गरेका छन्।
स्वस्थानी व्रत कथाअनुसार सालीनदी क्षेत्र ऐतिहासिक एवं पौराणिक स्थान भएकाले पनि यसको महत्त्व बढेको छ। त्यसैले व्रत अवधिभर भक्तजन सालीनदी पुग्ने गरेका छन्। यहाँ पुग्ने भक्तजनले सालीनदीमा नुहाउने प्रचलन छ। सालीनदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ। त्यस्तै ब्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता छ।








प्रकाशित: ११ माघ २०८० १२:१७ | Thursday, January 25, 2024
प्रतिक्रिया




