श्रीलंकाले किन बढाउँदैछ विमानस्थलमा सुरक्षाकर्मीको संख्या?

हिमाल प्रेस २९ पुष २०८० २१:४१ | Sunday, January 14, 2024
श्रीलंकाले किन बढाउँदैछ विमानस्थलमा सुरक्षाकर्मीको संख्या? तस्बिरः सन्डे आइल्यान्ड।

कोलम्बो (रासस-सिन्ह्वा) – श्रीलंकाले विमानस्थल सुरक्षाकर्मीको संख्या बढाउने तयारी गरेको छ। सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्‍याउने योजना बनाएको बताइएको छ। बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो।

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रील‌ंकामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिए।

सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीले जानकारी दिए। उनले बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक सुरक्षा निगरानी उपकरण जडान गरिएको पनि बताएका छन्।

यी नयाँ उपकरणको जडानले विमानस्थलबाट लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी रोक्न सहयोग पुग्ने मन्त्रीको विश्वास लिइएको छ।

प्रकाशित: २९ पुष २०८० २१:४१ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast