शुक्रबारदेखि मौसममा सुधार हुन्छ : मौसम विज्ञान विभाग

हिमाल प्रेस १६ माघ २०८० १५:१५ | Tuesday, January 30, 2024
शुक्रबारदेखि मौसममा सुधार हुन्छ : मौसम विज्ञान विभाग

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा सुधार हुँदै जाने बताएको छ। मौसम अवस्थाबारे मंगलबार विशेष बुलेटिन जारी गर्दै विभागले शुक्रबारदेखि मौसम सुधार हुने जनाएको हो।

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण भोलि अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा साधारणतया बदली रहने विभागले जनाएको छ।

विभागले उक्त प्रणालीका कारण भोलि बुधबारदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातकाे सम्भावना रहेको जनाएको छ।

त्यसैगरी विभागले बुलेटिनमा ती प्रदेशहरूका पहाडी तथा तराईका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरे स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको विभागको भनाइ छ। विभागले बुलेटिनमा भनेको छ, ‘आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा सुधार हुँदै जाने देखिन्छ।’

सो मौसमी प्रणाली कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। विभागले यस प्रणालीलाई अनुगमन गरिरहेको पनि बताएको छ।

प्रकाशित: १६ माघ २०८० १५:१५ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast