शिक्षामा देखिएका समस्याको समाधान नभएसम्म विकास सम्भव छैन : यादव

हिमाल प्रेस ९ माघ २०८० २०:२१ | Tuesday, January 23, 2024
शिक्षामा देखिएका समस्याको समाधान नभएसम्म विकास सम्भव छैन : यादव

सप्तरी- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षाको स्तर सुधार गर्न राज्यको ध्यान पुग्न जरुरी भएको बताएका छन्। सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरिङ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा अध्यक्ष यादवले शिक्षा हरेक किसिमको समस्यालाई समाधान गर्न सक्ने साधन भएकाले यसमा लगानी गर्नुपर्नेमा जोड दिए।

इन्जिनियरिङ कलेजबाट यहाँको शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले अहिले नेपालको शिक्षा क्षेत्र अस्तव्यत रहेकाले यसमा परिवर्तन ल्याउन आवश्यक भएको बताए। शैक्षिक क्षेत्रमा देखिएका चुनौतीको सामना र समाधान नभएसम्म नेपालको विकास सम्भव हुन नसक्ने अध्यक्ष यादवले बताए। शिक्षाको स्तर कमजोर बन्दै गएको भन्दै उनले शिक्षा स्तरीय बनाउने दायित्व राज्यको भएको उल्लेख गरे।

सप्तरी क्षेत्र नं २ को संसदीय कोषको ४ करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो।

प्रकाशित: ९ माघ २०८० २०:२१ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast