विधान संशोधनका लागि कार्यकर्ता तहमा जाँदै एकीकृत समाजवादी

हिमाल प्रेस २६ पुष २०८० ६:५३ | Thursday, January 11, 2024
विधान संशोधनका लागि कार्यकर्ता तहमा जाँदै एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट संकलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ।

आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ ।

त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट संकलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ। उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताए।

 

प्रकाशित: २६ पुष २०८० ६:५३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast