विद्यार्थीलाई सिर्जनशील र उद्यमी बनाउनुपर्छ : चन्द्र ढकाल

हिमाल प्रेस १ माघ २०८० १८:५७ | Monday, January 15, 2024
विद्यार्थीलाई सिर्जनशील र उद्यमी बनाउनुपर्छ : चन्द्र ढकाल

बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।

आज (सोमबार) बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरू उत्पादन गरेको बताए। उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिंगो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए। सैद्धान्तिकरूपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यवहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो।

‘यो विद्यालयले मुलुकका महत्त्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ,’ उनले भने, ‘अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ।’

प्रकाशित: १ माघ २०८० १८:५७ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast