 
                             
                                            काठमाडौँ- नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट संन्यास लिएकी छिन्।
प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल खेलेसँगै एपीएफमा आबद्ध पाण्डेले संन्यास लिएकी हुन्।
उपाधि जितेपछि उनलाई टियू क्रिकेट मैदानमा एपीएफ टोलीले सम्मान गरेकाे थियो।
आफू विदेश जानका लागि क्रिकेट करिअर अन्त्य गरेको उनले बताइन्। उनले सन् २०१६ मा थाइल्यान्डमा भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन्।
                            प्रकाशित: १८ पुष  २०८० १६:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![संसद् बैठक : रास्वपाका सांसदहरू नेपाली क्रिकेट टिमको जर्सीमा [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/06/raswapa-1.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 