विज्ञान प्रदर्शनी गर्दै साउथवेस्टन

हिमाल प्रेस १२ माघ २०८० १५:३२ | Friday, January 26, 2024
विज्ञान प्रदर्शनी गर्दै साउथवेस्टन

काठमाडौँ- काठमाडौँ बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजले ‘विज्ञान प्रदर्शनी’ आयोजना गर्ने भएको छ। कलेजले माघ १८ र १९ गते दुई दिने प्रदर्शनी गर्न लागेको हो।

उक्त कार्यक्रमका संयोजक राजेन्द्रप्रसाद लामिछानेका अनुसार विगत १२ वर्षदेखि विद्यालय र कलेज तहमा अध्ययन गरेका विद्यार्थीहरूले उक्त प्रदर्शनीमा सहभागी हुनेछन्।

उक्त विज्ञान प्रदर्शनी काठमाडौँका कलेजका साथै विद्यालयहरूमा निकै लोकप्रिय रहेको लामिछानेको दाबी छ। प्रदर्शनीमा ५० भन्दा बढी विद्यालय, कलेज, अमेरिकन राजदूतावासका साथै शिक्षासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

आयोजक कलेजले प्रदर्शनीलाई व्यवस्थित बनाउन स्टल राख्न लागेको छ। विद्यार्थीहरूले कक्षा कोठामा किताबमा उल्लेख भएको विषय पढेअनुसार प्रदर्शनीमा प्रयोगात्मक हिसाबले प्रदर्शन गर्नेछन्।

प्रकाशित: १२ माघ २०८० १५:३२ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast