लुम्बिनी विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २७ पुष २०८० १६:१६ | Friday, January 12, 2024
लुम्बिनी विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– लुम्बिनी विकास बैंक लिमिटेडले पुस २६ गते १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरि आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसँगै सेयरधनीहरूले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न १६औँ वार्षिक साधारण सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जवाफ दिएका थिए।

देशभर शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडका ८९ वटा शाखा कार्यालय छन्। बैंकको एउटा विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ।

प्रकाशित: २७ पुष २०८० १६:१६ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast