लागुऔषध कारोबारीलाई हिरासतबाट भगाउने प्रहरीका जवान १६ वर्षपछि पक्राउ

हिमाल प्रेस १२ माघ २०८० १२:२७ | Friday, January 26, 2024
लागुऔषध कारोबारीलाई हिरासतबाट भगाउने प्रहरीका जवान १६ वर्षपछि पक्राउ प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका पूर्वजवान पक्राउ परेका छन्। लागुऔषध कारोबारीलाई हिरासतबाट भगाएको आरोप लागेका नेपाल प्रहरीका पूर्वजवान वीरबल राय यादव १६ वर्षपछि पक्राउ परेका हुन्।

यादवमाथि १६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएको आरोप छ। यादवलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार आलमलाई भगाउन यादवले त्यतिबेला १ करोड रूपैयाँ मागेको पनि अनुसन्धानमा खुलेको छ।

पछि उनीहरूबीच १० लाखमै कुरा मिलेको र हिरासतबाट आलमलाई यादवले भगाएका थिए। भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको पाइएको छ।

हिरासतबाट आलमलाई भगाएपछि यादव उनीसँगै भारत गएका थिए। यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो।

प्रकाशित: १२ माघ २०८० १२:२७ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast