शिक्षक लाइसेन्सबारे एकाईकाे यस्ताे सूचना

हिमाल प्रेस १७ माघ २०८० ११:३१ | Wednesday, January 31, 2024
शिक्षक लाइसेन्सबारे एकाईकाे यस्ताे सूचना

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र वितरणबारे सूचना जारी गरेको छ।

शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा मकवानपुर परीक्षाकेन्द्रबाट सहभागी भई उत्तीर्ण (रोल नं ४०३२००१६१२१ देखि ४०३२००२२२६५ सम्म) का उम्मेदवारहरूको अनुमतिपत्र लिन आग्रह गरेको हाे।

शिक्षा विकास तथा समन्वय एकाई, हेटौंडाबाट आज ११ देखि ३ बजे बजेसम्म वितरण हुने जनाइएको छ। अनुमतिपत्र लिनका लागि प्रवेशपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रसहित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्ने एकाइले जनाएको छ।

प्रकाशित: १७ माघ २०८० ११:३१ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast