‘र्‍याप ब्याटल नेपाल’ हुँदै

हिमाल प्रेस २६ पुष २०८० १५:२३ | Thursday, January 11, 2024
‘र्‍याप ब्याटल नेपाल’ हुँदै

काठमाडौँ– र्‍याप गीतमा आधारित टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ। युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा शो हुन लागेको हो।

फेब्रुअरी अर्थात माघदेखि शाे काे अडिसन सुरु हुने युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले बताए।

शो को अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा पनि हुने आयोजक टिमले जनाएको छ।

आयोजकका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषीको लागि डिजिटल अडिसन दिन पाउने छन्।

अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौँमा १८ तथा १९ गते गरिने छ।

शो अप्रिलदेखि एपिवान टेलिभिजनमा प्रसारण हुनेछ। निर्णायकमा नेपालीसहित बलिउडका संगीतकर्मी हुनेछन्।

 

प्रकाशित: २६ पुष २०८० १५:२३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast