रुसी सेनामा कार्यरत दूधपोखरीका साजनको मृत्यु

हिमाल प्रेस २ माघ २०८० १७:१३ | Tuesday, January 16, 2024
रुसी सेनामा कार्यरत दूधपोखरीका साजनको मृत्यु

काठमाडौँ- रुसी सेनामा थप एक जना नेपालीको मृत्यु मृत्यु भएको छ। रुसी सेनामा कार्यरत लमजुङको दूधपोखरी गाउँपालिका–१ घमरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको छ।

रोजगारीका लागि रुस पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारले थाहा पाएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए। उनका अनुसार मृतक गुरुङ रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए।

जर्मनीमा रहेका भाइमार्फत दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्मसमेत गरिसकेको उनले जानकारी दिए। यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन। गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए।

प्रकाशित: २ माघ २०८० १७:१३ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast