रुकुमपश्चिममा १८ हजार अस्थायी आवास

हिमाल प्रेस १३ माघ २०८० १३:२३ | Saturday, January 27, 2024
रुकुमपश्चिममा १८ हजार अस्थायी आवास फाइल तस्बिर

रुकुम- रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन्।

छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लाभर ७६ करोड ५९ लाख रुपैयाँ लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन्।

चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन्।

त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन्।

त्यस्तै चौरजहारी नगरपालिकामा १५ करोड ६३ लाख ५० हजार रुपैयाँ, आठबिसकोट नगरपालिकामा २४ करोड १६ लाख ७५ हजार रुपैयाँ, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा १४ करोड छ लाख रुपैयाँ, त्रिवेणी गाउँपालिकामा रु छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका चार करोड २४ लाख ७५ हजार रुपैयाँ रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए।

जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ।

प्रकाशित: १३ माघ २०८० १३:२३ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast