रिलायवल नेपाल लाइफको सुर्खेत शाखाद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

हिमाल प्रेस १६ माघ २०८० १४:४० | Tuesday, January 30, 2024
रिलायवल नेपाल लाइफको सुर्खेत शाखाद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौँ- रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका-५ निवासी स्व राम बहादुर घर्तीको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो।

बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधी नीमबहादुर बुढामगरको उपस्थितिमा बीमित रामबहादुर घर्तीकी श्रीमती काशीमायालाई हस्तान्तरण गरेको हो।

घर्तीको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो। उनको श्रीमती काशीमाया घर्तीलाई बीमाबापत १४ लाख रुपैयाँ माघ १५ गते घरमा नै गई दिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ माघ २०८० १४:४० | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast