रास्वपाको कार्यवाहक सभापतिमा स्वर्णिम वाग्ले

हिमाल प्रेस १३ माघ २०८० १३:०६ | Saturday, January 27, 2024
रास्वपाको कार्यवाहक सभापतिमा स्वर्णिम वाग्ले फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेले पाएका छन्। रास्वपा सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई जिम्मेवारी दिइएको हो।

वाग्ले रास्वपाको तेस्रो वरीयताका नेता एवं उपसभापति हुन्। दोस्रो वरीयताका नेता एवं उपसभापति डीपी अर्याल पनि लामिछानेसँगै भारत जाने भएपछि वाग्लेले कार्यवाहक पाएका हुन्।

लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदैछन्।

प्रकाशित: १३ माघ २०८० १३:०६ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast