राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध

हिमाल प्रेस ७ माघ २०८० ९:३१ | Sunday, January 21, 2024
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध

काठमाडौँ- राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन्।

शनिबार आयोजित संस्थाको पाँचौँ अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो। यसअघि अध्यक्षमा हरि बल्लभ नेपाल रहेका थिए।

अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन गरेको हो।

त्यस्तै, सदस्यहरूमा गोपिकृष्ण चापागाई सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिस्मा केसी, विनीता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल चयन भएका छन्।

 

प्रकाशित: ७ माघ २०८० ९:३१ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast