राष्ट्रियसभा सदस्यको निर्वाचन आज : कुन प्रदेशबाट कति छन् मतदाता?

हिमाल प्रेस ११ माघ २०८० ६:४९ | Thursday, January 25, 2024
राष्ट्रियसभा सदस्यको निर्वाचन आज : कुन प्रदेशबाट कति छन् मतदाता?

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदैछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ।

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। सात प्रदेशमा एक/एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन्। जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन्। मधेशमा ३७४, बागमतीमा ३४७ मतदाता छन्। गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ।

प्रकाशित: ११ माघ २०८० ६:४९ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast