राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपा तालमेल

हिमाल प्रेस ८ माघ २०८० १५:१५ | Monday, January 22, 2024
राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपा तालमेल

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ। दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए।

दुई दलको सहमतिअनुसार राष्ट्रियसभा सदस्य पदमा अन्यतर्फ राप्रपाका उद्धव पौडेललाई एमालेले सहयोग गर्नेछ भने महिला पदमा एमालेकी रुक्मिणी कोइरालालाई राप्रपाले सहयोग गरी मतदान गर्नेछ। एमालेले अन्यतर्फ पर्शुराम अधिकारीालई उम्मेदवार बनाएको थियो।

उता सत्ता गठबन्धनले मनोनयन गर्दा नै साझा उम्मेदवार बनाएका छन्। जसअनुसार अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला उम्मेदवार छन् भने महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छिन्।

फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये १९ पदको माघ ११ गते निर्वाचन हुँदैछ। एक पद भने राष्ट्रपतिद्वारा मनोनीत हुने व्यवस्था छ। राष्ट्रियसभा सदस्य पद रिक्न हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ।

प्रकाशित: ८ माघ २०८० १५:१५ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast