राष्ट्रियसभा निर्वाचन : उजुरी छानबिनपछि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै

हिमाल प्रेस २६ पुष २०८० ८:०५ | Thursday, January 11, 2024
राष्ट्रियसभा निर्वाचन : उजुरी छानबिनपछि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै राष्ट्रियसभा बैठक

काठमाडौँ-​ आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ।

राष्ट्रियसभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ। भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन्। भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ। यस निर्वाचनमा सात प्रदेशमा एक(एक मतदान स्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

प्रकाशित: २६ पुष २०८० ८:०५ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast