राष्ट्रियसभा निर्वाचनमा मत हाल्ने गाउँपालिका अध्यक्ष बेहोस, अस्पताल भर्ना

हिमाल प्रेस ११ माघ २०८० ९:५७ | Thursday, January 25, 2024
राष्ट्रियसभा निर्वाचनमा मत हाल्ने गाउँपालिका अध्यक्ष बेहोस, अस्पताल भर्ना ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका हुन्।

होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ । नोबेलको भेन्टिलेटरमा राखेर अध्यक्ष थारुको थप उपचार भइरहेको र अहिलेसम्म होश आइनसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि आज (बिहीबार) मतदान हुँदैछ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन्। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: ११ माघ २०८० ९:५७ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast