‘पूर्वराजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित’

हिमाल प्रेस १५ माघ २०८० १३:२१ | Monday, January 29, 2024
‘पूर्वराजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित’

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्। पूर्वराजा शाहले भेट्न बोलाएपछि प्रसाई आइतबार साँझ पर्सा पुगेको उनको सचिवालयले जनाएको छ।

पहिल्लो समय प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्।

प्रसाईका अनुसार राजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित छन्। राजाले अहिले जनतामा चिन्ता र निरासा के कारण छाइरहेको छ भन्ने जिज्ञासा राखेको प्रसाईले जानकारी दिए।

‘जनताका समस्या समाधान भइरहेका छन्। देशमा केही भइरहेको छ भन्ने विषयमा राजासँग छलफल भएको हो।’ उनले भने।

गत महिना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामूहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन्। लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेटेका थिए।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन्। राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ।

राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढंगले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिन्दु राज्य फर्काउन अभियानमा छन्।

गत झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन्।

प्रकाशित: १५ माघ २०८० १३:२१ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast