रचना रिमाल चढेको गाडी दुर्घटना

हिमाल प्रेस १४ माघ २०८० २०:१२ | Sunday, January 28, 2024
रचना रिमाल चढेको गाडी दुर्घटना तस्बिरः हेमन्त चौधरीको फेसबुकबाट।

काठमाडौँ- गायिका रचना रिमाल चढेको गाडी आइतबार बाँकेमा दुर्घटना भएको छ। उनीसहितको टिम चढेको बा १६ च ८३४३ नम्बरको जिपलाई राप्तीसोनारी-१, सिक्टामोड नजिक ट्रकले ठक्कर दिएको हो। गायिका रिमालका अनुसार उनीहरूको टिम सकुशल छ। गाडीमा भने केही क्षति पुगेको छ।

उनी नेपालगञ्ज विमानस्थलबाट लमही महोत्सवका लागि दाङ जाँदै थिइन्। विपरीत दिशाबाट आएको ट्रकले जिपलाई ठक्कर दिएको हो।

उनले आज (आइतबार) प्रस्तुति दिन नपाएकोप्रति क्षमा मागेकी छन्। महोत्सवमा भोलि (सोमबार) प्रस्तुति दिने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन्।

प्रकाशित: १४ माघ २०८० २०:१२ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast