यूएनएसडीसीएफ कार्यढाँचाका चार प्राथमिकता क्षेत्रबारे छलफल

हिमाल प्रेस ४ माघ २०८० २१:०७ | Thursday, January 18, 2024
यूएनएसडीसीएफ कार्यढाँचाका चार प्राथमिकता क्षेत्रबारे छलफल

काठमाडौँ- संयुक्त राष्ट्रसंघीय दिगो विकास सहयोग कार्यढाँचा (यूएनएसडीसीएफ) २०२३-२०२७ को सञ्चालन समितिको पहिलो बैठक संयुक्त रूपमा आयोजना गरिएको छ।

बैठकको सहअध्यक्षता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले गरेका थिए।

सन् २०२३ मा यूएनएसडीसीएफ २०२३–२०२७ अवलम्बन गरेपछि बसेको बैठकमा २०२४ को कार्ययोजनामा यूएनएसडीसीएफ कार्यढाँचाअन्तर्गतका चार प्राथमिकता क्षेत्रबारे छलफल गरिएको छ।

ती चार क्षेत्रहरू हु्न्- दिगो, उत्थानशील र समावेशी आर्थिक रूपान्तरण, समावेशी तथा रूपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, जलवायु तथा विपद् उत्थानशीलता र संघीयता, सहभागिता र समावेशीकरण रहेका छन्।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न र १६ औँ विकास योजना कार्यान्वयन गर्न उत्सुक रहेको बताए।

बैठकले यूएनएसडीसीएफ २०२३–२०२७ का प्राथमिकताहरु नेपालको १६औं राष्ट्रिय योजनामा उल्लेख प्राथमिकतासँग र दिगो विकास लक्ष्द्वारा मार्गनिर्देशन गरेअनुसार २०२४ कार्ययोजनामा सह-स्वामित्व सुनिश्चित गर्न रणनीतिक निर्देशन गरेको छ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाम्दीले राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसंघीय दिगो विकास सहयोग कार्यढाँचा २०२३–२०२७ संयुक्त राष्ट्रसंघको विकास प्रणाली सुधारको कार्यान्वयनको केन्द्रबिन्दुमा रहेको बताए। यसले नेपालका जनता र सरकारलाई आफ्ना विकास लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसंघले सहयोग गरिरहेको बताए।

प्रकाशित: ४ माघ २०८० २१:०७ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast