युवकलाई खुकुरी छप्काउन खोज्ने सिंहलाई अभद्र व्यवहारको मुद्दा

हिमाल प्रेस २६ पुष २०८० ७:३९ | Thursday, January 11, 2024
युवकलाई खुकुरी छप्काउन खोज्ने सिंहलाई अभद्र व्यवहारको मुद्दा

काठमाडौँ- सिराहाको कल्याणपुर नगरपालिका– ८ अरङका अनुचित लेनदेन (मिटरब्याज) पीडित युवकमाथि कुटपिट, दुर्व्यवहारसँगै खुकुरी उज्याउनेविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

अरङ गाउँका ३५ वर्षीय सञ्जयकुमार कामतीको जाहेरीका आधारमा खुकुरी प्रहारको प्रयास गर्ने स्थानीय ६५ वर्षीय रामनारायण सिंहविरुद्ध बुधबार अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

घटनाको भोलिपल्ट मंगलबार प्रहरीले पक्राउ गरे पनि जाहेरी नपरेकाले हाजिरी जमानतमा छोडिएका सिंहलाई बुधबार पुनः पक्राउ गरी बिहीबार सिराहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले बताए।

घर व्यवहारका लागि कल्याणपुर– ८ मझाउका साहुकार सुरेश पञ्जियारसँग ०७२ मा तीन लाख रुपैयाँ लिएका कामतीसँग उनले १२ लाख ३० हजार रुपैयाँको दुईवटा कपाली तमसुक बनाउनुका साथै सिराहा जिल्ला अदालतमा लेनदेन मुद्दाअन्तर्गत ०७८ मा डाक लिलाम गराएर ११ कित्ताको एक बिघा एक कट्ठा खेत, एक कट्ठा ६ धुर घडेरी र टिनको छाना भएको ११ कोठाको एकतले घर हत्याएका थिए।

प्रकाशित: २६ पुष २०८० ७:३९ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast