यस्तो रहन्छ आजको मौसम

हिमाल प्रेस २३ पुष २०८० ६:४४
यस्तो रहन्छ आजको मौसम फाइल तस्बिर- रासस

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराई भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार कोशी, गण्डकी र कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: २३ पुष २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast