यस्तो बन्यो ‘दयारानी’ को ट्रेलर

हिमाल प्रेस १६ माघ २०८० ११:५८ | Tuesday, January 30, 2024
यस्तो बन्यो ‘दयारानी’ को ट्रेलर

काठमाडौँ-  माघ २६ देखि प्रदर्शन हुने फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

ट्रेलरमा सन्तान नभएपछि दम्पतीमा उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्नीको भूमिकामा छन्।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिर्षा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ।

फिल्म बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको छ। मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।

 

 

 

 

प्रकाशित: १६ माघ २०८० ११:५८ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast