यस्तो छ ‘रङ्गेली’को गीत ‘हातैले उघाएर’

हिमाल प्रेस १४ माघ २०८० १२:३१ | Sunday, January 28, 2024
यस्तो छ ‘रङ्गेली’को गीत ‘हातैले उघाएर’

काठमाडौँ- फागुन २५ देखि प्रदर्शन हुने फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघा‍एर’ सार्वजनिक भएको छ। अर्जुन सुवेदीको शब्द रहेको गीत निशान भट्टराई र लिला गजमेरले गाएका छन्।

निश्चल बस्नेतको मिक्स तथा मास्टरिङ रहेको गीतमा हर्कुलस बस्नेतले संगीत भरेका छन्। शिशिर खातीले कोरियोग्राफी गरेको रोमान्टिक गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा अभिनीत छन्।

निर्देशक अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रवीन बुढाथोकी, सुन्दर धिताल, रुपेश झा, शेखर चापागाईं, प्रभाकर न्यौपाने, रामभजन कामतलगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। त्यस्तै युवक कार्की र शिव शङ्कर चौलागाईं सह-निर्मातामा छन्। फिल्मको छायांकन सुशन प्रजापतिले गरेका हुन्।

यस्ताे गीत

 

प्रकाशित: १४ माघ २०८० १२:३१ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast