तपाईँको आज

हिमाल प्रेस १२ माघ २०८० ६:०७ | Friday, January 26, 2024
तपाईँको आज

आज २०८० साल माघ १२ गते, शुक्रबार माघ कृष्ण प्रतिपदा तिथि। तदनुसार सन् २०२४ जनवरी महिनाको २७ तारिख। यस्तो छ तपाईँको राशिफल।

मेष

शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरूले गर्व गर्ने खालको कामको सुरुआत गर्नु राम्रो हुन्छ। लगानीबाट फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृष

दैनिकी राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

मिथुन

वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिन सक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ।

कर्कट

समय सामान्य छ। काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह

दिन राम्रो छ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या

तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर प्रस्तुत हुनु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला

समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवारका सदस्यले असहयोग गर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक

आज सानो गल्तीले भयावह रूप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ।पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु

नयाँ काम र नयाँ ठाउँको भ्रमण हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मकर

दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ

स्वास्थ्यमा समस्या हुने देखिन्छ। जसले गर्दा मन उदास हुनेछ। मनमा अशान्ति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन

दिन राम्रो छ। साथीसँग भेटघाट हुनेछ। विद्वान मित्रसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। मिठो खान पाइने छ।

प्रकाशित: १२ माघ २०८० ६:०७ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast