यस्ता छन् रेसादार खानेकुराका फाइदा

हिमाल प्रेस १२ माघ २०८० ६:२८ | Friday, January 26, 2024
यस्ता छन् रेसादार खानेकुराका फाइदा

काठमाडौँ- हामीले प्रायः फलफूल तथा सलाद खाइरहेका हुन्छौं। जसमा रेसादार फलफूल तथा सलाद पनि पर्न सक्छन्।

फलफूल र सलादमा पाइने रेसा (फाइबर) ले आन्द्राबाट कोलेस्ट्रोलको शोषण कम गरेर कोलेस्ट्रोल नियन्त्रणमा मद्दत गर्ने बताउँछन् वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल। उनकै भनाइमा मिल्ने अवस्थामा फलफूल तथा सलादको रेसा वा बाहिरी बोक्रासहित खानु उपयोगी हुन्छ।

त्यसैगरी डा.मूर्तिले दालका फाइदाबारे पनि बताएका छन्। दालमा फाइवर, प्रोटिन, खनिज आदि पर्याप्त हुनुका साथै कार्बोहाइड्रेड कम हुने भएकोले दाललाई सर्वोत्कृष्ट खाना मान्न सकिन्छ उनको तर्क छ। दाल बढी र भात कम गरियो भने शरीरलाई दीर्घ रोगहरूबाट बचाउँने उनको भनाइ छ।

मृगौला र कलेजोको रोगीले भने प्रोटिनयुक्त खानाको बारेमाचि कित्सकसँग सल्लाह लिनु उपयुक्त हुने उनको सुझाव छ। डा.मूर्तिको फेसबुकबाट

प्रकाशित: १२ माघ २०८० ६:२८ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast