‘म्याऊँ’ गर्दै अनुप र उत्तम

हिमाल प्रेस १ माघ २०८० १६:१५ | Monday, January 15, 2024
‘म्याऊँ’ गर्दै अनुप र उत्तम

काठमाडौँ- अभिनेता अनुपविक्रम शाही र उत्तम प्रधानको शीर्ष भूमिकामा फिल्म ‘म्याऊँ’बन्ने भएको छ। निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्।

मनोवैज्ञानिक थ्रीलर जनरामा बन्ने भनिएकाे फिल्म जयराज रायकाे लेखन तथा निर्देशन गर्दैछन्।  रायकै लगानीमा बन्ने फिल्ममा अभिनेत्री छनोट कार्य भइरहेको  टिमले जनाएको छ।

अभिनेता प्रधान भने लामो समयपछि पर्दामा देखिदैछन्। यसअघि सन् २०१२ मा प्रधान अभिनीत फिल्म ‘इशारा’ प्रदर्शन भएको थियो।

निर्माण टिम फेब्रुअरी दोस्रो सातादेखि काठमाडौँ र क्यानडामा फिल्मकाे छायांकन गर्ने तयारीमा छन्। भारतीय सिनेम्याटोग्राफर आकाश कुमारको छायांकनमा बन्ने फिल्ममा दक्षिण भारतीय संगीतकार एजे अलि मिर्जाक नौशाद अलीले संगीत रहने फिल्मको गीतमा साई भिग्नेश, पद्म लताकाे स्वर रहनेछ।

सन् २०२४ भित्रै प्रदर्शन लक्ष्य राखिएको छ। फिल्म चीनमा पनि  प्रदर्शनको तयारीमा छन।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी फिल्ममा समेत काम गरेका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भीएफएक्स रहनेछ।

 

प्रकाशित: १ माघ २०८० १६:१५ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast