मैवाखोला गाउँपालिकाले जडान गर्‍याे विद्यालयमा सिसी क्यामेरा

हिमाल प्रेस १२ माघ २०८० १०:०० | Friday, January 26, 2024
मैवाखोला गाउँपालिकाले जडान गर्‍याे विद्यालयमा सिसी क्यामेरा विद्यालय। प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामेरा जडान सुरुआत गरेको छ।

साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो।

विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो।

यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए।

प्रकाशित: १२ माघ २०८० १०:०० | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast