मे २९ मा सगरमाथा दिवस मनाउने कोशी सरकारको निर्णय

हिमाल प्रेस १४ माघ २०८० २१:४१ | Sunday, January 28, 2024
मे २९ मा सगरमाथा दिवस मनाउने कोशी सरकारको निर्णय

मोरङ- कोशी प्रदेश सरकारको आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ।

बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए।

प्रदेशस्तरीय अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०८० स्वीकृत गर्नाका साथै प्रदेश योजना आयोगबाट अद्यावधिक प्रदेश पार्श्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने गरेको उनले जानकारी दिए।

यसै गरी बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री उप्रेतीले जानकारी दिए। रासस

प्रकाशित: १४ माघ २०८० २१:४१ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast