मेलम्चीको पानी आजदेखि पुनः वितरण, प्रधानमन्त्रीले सिंहदरबारबाट शुभारम्भ गर्दै

हिमाल प्रेस १ माघ २०८० ७:२४ | Monday, January 15, 2024
मेलम्चीको पानी आजदेखि पुनः वितरण, प्रधानमन्त्रीले सिंहदरबारबाट शुभारम्भ गर्दै मेलम्ची खानेपानी आयोजनाको सुरुङ

काठमाडौँ- बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आज (सोमबार)देखि पुनः काठमाडौं आइपुगेको छ।

वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो।

सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने कार्यक्रम छ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ। जसअनुसार पहिलो चरणमा मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ। त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने बताइएको छ।

प्रकाशित: १ माघ २०८० ७:२४ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast