मुस्कान खातुनको जीवन कथामा फिल्म बन्दै

हिमाल प्रेस २७ पुष २०८० १७:३८ | Friday, January 12, 2024
मुस्कान खातुनको जीवन कथामा फिल्म बन्दै

काठमाडौँ– एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता रमित ढुंगानाले मुस्कानकाे बायाेपिक फिल्म बनाउन लागेका हुन्।

फिल्मको नाम ‘नमेटिएको घाउ’ राखिएको छ। फिल्म अभिनेता ढुंगानाले निर्देशन गर्नेछन्। उनले यही फिल्मबाट निर्देशकको रुपमा डेब्यु गर्ने भएका हुन्।

अभिनेता ढुंगाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कान स्वयंले आफ्नो चरित्रमा  निर्वाह  गर्ने बताइएको छ। एसिड आक्रामणपछिको दृश्यमा उनको अभिनय रहने छ।  फिल्मका लागि केही समयदेखि उनी अभिनय सिकिरहेकी छन्।

एसिड प्रहार अगाडीको दृश्यमा रचना गौतमले मुस्कानकाे भूमिकामा  निभाउने छिन्। आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी रचनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन्।

यतिबेला फिल्मको वर्कसप चलिरहेको छ। टिमका अनुसार आगामी माघ १५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ।

२०७६ साल भदौ २० गते वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो। एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ।

प्रकाशित: २७ पुष २०८० १७:३८ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast