माधव नेपाल भन्छन् : कम्युनिष्टहरू तत्काल एक हुने अवस्था छैन

हिमाल प्रेस २५ पुष २०८० २१:०९ | Wednesday, January 10, 2024
माधव नेपाल भन्छन् : कम्युनिष्टहरू तत्काल एक हुने अवस्था छैन माधवकुमार नेपाल।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन्।

पार्टी निकट विद्यार्थी विशेष कमिटीले आज (बुधबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताए।

राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, ‘सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन।’

कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए।

प्रकाशित: २५ पुष २०८० २१:०९ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast