माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी

हिमाल प्रेस १५ माघ २०८० ११:५४ | Monday, January 29, 2024
माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच विद्यार्थीको क्षमता वृद्धिका लागि साझेदारी

काठमाडौँ- माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ।

एसयकस्सी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्ने बैंकले जनाएको छ।

बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसयकस्सी स्यान्डबक्स लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्दै छ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा यस प्रकारको सम्झौताले बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले जनाएको छ।

जसले गर्दा बैंकले आईटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ।

प्रकाशित: १५ माघ २०८० ११:५४ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast